Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

२८ जिल्लाका १८६ विद्यार्थीले ल्याए चार जीपीए (जिल्लागत विवरण)

चार जीपीए ल्याउने कुन जिल्लामा कति ?

विहीबार, १३ असार २०८१

भक्तपुर – बिहीबार सार्वजनिक कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा अनुसार ४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक सय सय ८६ छ । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा विश्लेषण गर्दा सबैभन्दा बढी ४ जीपीए ल्याउने काठमाडौंका ९४ जना छन् । 

त्यस पछि कास्कीमा २१ र चितवनका १६ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । झापा, रामेछाप, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, गोरखा, तनहँु, स्याङ्जा, पर्वत, सुर्खेतमा एक एक जनाले चार जीपीए ल्याएका छन् । मोरङमा ८ जनाले,  भक्तपुरमा ६, ललितपुरमा ७, लम्जुङमा ३, कैलालीमा ३ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै सुनसरी, धनुषा, पाल्पा, रुपन्देही, दाङ, कञ्चनपुर र नवलपुरमा २/२ जनाले चार जीपीए ल्याएका छन् । 

चार जीपीए ल्याउने कुन जिल्लामा कति ?

जिल्ला विद्यार्थी संख्या
झापा
मोरङ
सुनसरी
रामेछाप
धनुषा
नुवाकोट
धादिङ
काभ्रेपलाञ्चोक
भक्तपुर
काठमाडौं ९४
ललितपुर    
मकवानपुर    
चितवन १६
रौतहट    
बारा
गोरखा
लम्जुङ
कास्की २१
तनहुँ
स्याङजा
पाल्पा
रुपन्देही
पर्वत
दाङ
सुर्खेत
कैलाली
कञ्चनपुर    
नवलपुर

 

प्रतिक्रिया