Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

अन्य लैंगिक समूहबाट परीक्षा दिने १२, ११ पढ्न योग्य चार

विहीबार, १३ असार २०८१

भक्तपुर - यसपालि कक्षा १० को अन्तिम परीक्षा (एसईई ) मा अन्य लैंगिक समूहबाट १२ जना सहभागी भएकोमा चार  जना विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । अन्य ९ जनाको नतिजा एनजी आएको छ । 

लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट कोशी प्रदेशमा दुई जनाले परीक्षा दिएकोमा दुबै जना पढ्न योग्य भएका छन् । मधेशमा दुई जनाले परीक्षा दिएकोमा दुई जनाकै नतिजा एनजी छ । त्यस्तै बागमती प्रदेशमा परीक्षा दिएका एक जना ११ कक्षा पढ्न योग्य भएका छन् । लुम्बिनीबाट छ जनाले परीक्षा दिएकोमा पाँच जनाको नतिजा एनजी आएको छ । कर्णालीबाट परीक्षा दिएका एक जनाको पनि नतिजा एनजी छ ।

यसपालिको परीक्षामा पुरुष विद्यार्थी दुई लाख ३३ हजार दुई सय ७० र महिला दुई लाख ३१ हजार ५ सय तीन विद्यार्थी सहभागी थिए । 

प्रतिक्रिया