Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

शिक्षा मन्त्रीलाई सांसदको सुझाव - 'यसरी मन्त्री भईरहन मिल्दैन'

विधेयकहरु पारित गराउनु सरकारको दायित्व भएको स्मरण गराउँदै त्यो गर्न नसक्ने मन्त्री र सरकारका प्रधानमन्त्तीले यो सदनको विश्वास गुमेको हो भन्ने ठान्नु पर्ने तर्क

आइतबार, ०९ असार २०८१

काठमाडौं - विद्यालय शिक्षा विधेयक आफ्नो हातमा नभएको शिक्षा मन्त्री सुमना श्रेष्ठको अभिव्यक्ति मन्त्री भईरहन नमिल्ने खालको भएको भन्दै काँग्रेस सांसद बद्री प्रसाद पाण्डेले आपत्ति जनाएका छन् ।

मन्त्रालयगत बजेट माथि आईतबार भएको छलफलमा मन्त्रीले प्रष्टिकरण दिने बेला दिएको 'शिक्षा विधेयक मेरो हातमा छैन, सदनले छिनोफानो गरिदिनु पर्‍यो'  भनेकी थिईन् । सोही भनाई प्रति पाण्डेले टिप्पणी गरेका हुन् । उक्त अभिव्यक्ति प्रति आपत्ति जनाउँदै सांसद पाण्डेले विधेयकहरु पारित गराउनु सरकारको दायित्व भएको स्मरण गराउँदै त्यो गर्न नसक्ने मन्त्री र सरकारका प्रधानमन्त्तीले यो सदनको विश्वास गुमेको हो भन्ने ठान्नु पर्ने तर्क गर्दै संसदीय पद्दती स्मरण गराए । मन्त्रीको उक्त अभिव्यक्ति सरकारमा रहिरहन र मन्त्री भईरहन मिल्दैने खालको भएको उनको तर्क छ । 

'मन्त्रीज्यूले ऐन बनाउने सन्दर्भमा समिति र सदनको विजनेस हो आफ्नो हैन जस्तो अलग्गिने कुरा गर्नु भयो सरकार तब सम्म मात्रै सरकार रहन्छ, मन्त्री र प्रधानमन्त्रीहरु तब सम्म मात्रै रहनु हुन्छ जतिखेर सम्म सदन र तीनका समितिमा बहुमत हुन्छ' उनले भने 'सरकारले अगाडी सारेका कुराहरुलाई समयमा अगाडी सार्नु र तिनलाई पारित गराउनु सरकारको दायित्व हुन्छ त्यो गर्न नसक्ने मन्त्री र सरकारका प्रधानमन्त्रीले यो सदनको विश्वास गुमेको हो भन्ने ठान्नु पर्छ र सरकारमा रहिरहन र मन्त्री भईरहन मिल्दैन यो संसदीय पद्दतीबाट मन्त्री च्युत हुनु भयो ।' 

संसदमा प्रष्टिकरण दिने बेला मन्त्री श्रेष्ठले सिंगै सदनलाई प्रतिपक्षी जस्तो  विपक्षी जस्तो ठानेको पाण्डेले उल्लेख गरे । संसदमा उठेका प्रश्न सबै पूर्वाग्रहमा आधारित छन् भन्ने कोणबाट मन्त्रीले उत्तर दिएको उनले उल्लेख गरे । 

अन्तिममा पुनः प्रष्टिकरण दिदैं मन्त्री श्रेष्ठले उक्त अधिकार नभएको दोहोर्याईन् । 

'मैले समितिको सभापतिलाई निवेदन गरिसकेको छु तर बैठक कल गर्ने अख्तियारी मन्त्रीको छैन' उनले भनिन्  । 

आईतबारको संसदमा भएको शिक्षा बजेट माथिको छलफलका अन्य सामग्री पनि पढ्नुहोस् : 

शिक्षा बजेट माथि ९ क्षेत्र तोकेर शिक्षा मन्त्रीको प्रष्टिकरण

शिक्षकको 'डीएनए' मात्रै हैन 'आरएनए' पनि टेष्ट गरिन्छ !

शिक्षा विधेयक मेरो हातमा छैन, सदनले छिनोफानो गरिदिनु पर्‍यो : शिक्षा मन्त्री

प्रतिक्रिया