Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

पुस्तक स्वीकृत पत्रको सट्टा क्युआर

शैक्षिक सत्र साउन १ देखि सुरु हुने भए पनि यही क्यूआरको प्रावधानले विद्यार्थीले बेलैमा पाउन सकेका  छैनन्  ।

शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ– पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशनको पुस्तकमा अनिवार्य क्युआर कोर्ड राख्नु पर्ने नयाँ प्रावधान लागू गरेको छ । पहिलो चरणमा कक्षा १२ को पुस्तकमा क्युआर राख्न लागेको हो । 

विद्यालय तहको पुस्तक सन्दर्भ सामाग्रीकोरुपमा प्रयोग गर्न केन्द्रबाट स्वीकृत लिनु पर्ने हुन्छ । अनुमति दिएको पुस्तक विज्ञहरूबाट जाँच गराइन्छ । पुस्तक पाठ्यक्रम अनुसार छ कि छैन ? विद्यार्थीले बुझने गरी उदाहरण, कार्टुन, फोटो प्रयोग छ कि छैन ? राष्ट्रिय एकता, समुदायलाई असर पार्ने सामाग्री छ कि छैन ? कम्तीमा तीन जना विषय विज्ञबाट परीक्षण गराएर मात्रै स्वीकृत दिने गरिन्छ । यसअघि स्वीकृत दिँदा नेपालको नक्सा अनिवार्य राख्नु पर्ने, कोरोनाबाट बच्ने उपाय अनिवार्य राख्नु पर्ने सर्त केन्द्रले राखेको थियो । केन्द्रले दिएको स्वीकृत कम्तीमा तीन वर्षसम्म मान्य हुन्छ । 

तीन वर्ष अघि स्वीकृत पुस्तक पुनः प्रयोग गर्न केन्द्रले अनुमति दिएको हो । ‘यस वर्ष विगतको जस्तो स्वीकृत पत्र दिएनौ,’केन्द्रका निर्देशक विष्णु ज्ञवालीले भने,‘मूल्य र स्वीकृत दिएको आधार खुल्ने क्युआर हामीले पब्लिकेसन्सलाई उपलब्ध गराएका छौ ।’ पुस्तकमा एउटा चिठी राख्दा अभिभावकलाई थप आर्थिक भार पर्ने भएकोले नयाँ व्यवस्था गरिएको केन्द्रले जनाएको छ । केन्द्रले उपलब्ध गराउने क्युआर पुस्तकको अन्तिम पानामा छाप्नु पर्ने हुन्छ । ‘क्यूआरमा पुस्तक सीडीसीबाट अनुमति पाएको हो वा होइन ? मूल्य कति हो ? यो पुस्तक कति वर्षसम्म प्रयोग गर्ने अनुमति पाएको हो ?  थाहा पाउन सकिन्छ,’उनले भने । शैक्षिक सत्र साउन १ देखि सुरु हुने भए पनि यही क्यूआर राख्ने प्राविधिक व्यवस्था गर्न लागेकोले यस वर्ष पुस्तक समेत विद्यार्थीले बेलैमा पाउन सकेका  छैनन्  । 

 

प्रतिक्रिया