Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

रोक्का रहेको शिक्षक सरुवा फुकुवा

शिक्षक सरुवा निर्देशिका स्वीकृत गरे सँगै सोमबार शिक्षा मन्त्रालयले सरुवा फुकुवाको परिपत्र गरेको छ ।

सोमबार, १४ जेठ २०८१

काठमाडौं - शिक्षक सरुवा निर्देशिका स्वीकृत भएसँगै शिक्षा मन्त्रालयले रोक्का रहेको शिक्षक सरुवा फुकुवा गरेको छ । आईतबार शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशिका स्वीकृत गरे सँगै सोमबार शिक्षा मन्त्रालयले सरुवा फुकुवाको परिपत्र गरेको छ । 

सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै मन्त्रालयले निर्देशिकामा भएको व्यवस्था अनुसार शिक्षक सरुवा गर्न भनेको छ । शिक्षा मन्त्री भए पछि श्रेष्ठले गत चैत ५ गते शिक्षक सरुवा रोक्का गर्ने निर्णय गरेकी थिईन् । 

सरुवामा आर्थिक चलखेल भएको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि निर्माण गर्ने भन्दै उनले सरुवा रोकेकी थिईन् । 

निर्देशिका पढ्नुहोस् :

शिक्षक सरुवा निर्देशिका स्वीकृत [ निर्देशिका सहित ]

प्रतिक्रिया