Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

शिक्षक तथा कर्मचारीहरूका लागि तीन दिने तालिम

आइतबार, १३ जेठ २०८१

काठमाडौं - शिक्षक तथा कर्मचारीलाई अनुसन्धान मूलक काममा थप दक्ष बनाउने उद्धेश्य सहित मदन भण्डारी मेमोरियल कलेजले विभिन्न संकायका शिक्षक तथा कर्मचारीहरूलाई तालिम दिएको छ । 'सामाजिक अनुसन्धान’ विषयमा आयोजित ३ दिने तालिमले शिक्षक तथा कर्मचारीलाई अनुसन्धान मूलक काममा थप दक्ष बनाएको कलेज प्रमुख डा.बाबुराम अधिकारीले बताए । 

विभिन्न विधामा अध्ययन सामग्रीहरूको जर्नल 'श्वेत शार्दूल’ प्रकाशित गर्दै आएको कलेजले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा जेठ १० देखि १२ गतेसम्म कार्यक्रम गरेको थियो । शनिवार तालिमको समापन गदै अधिकारीले कलेजको उद्धेश्य पुरा भएकोमा खुसी व्यक्त गरे । 

तालिमको उद्घाटन गर्दै विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले विश्व विद्यालय अन्तरगतका आङ्गिक कलेजहरूमा अनुसन्धान गर्ने र प्रकाशन गर्ने परिपाटीमा कमी देखिएको र त्यसको विकासको लागि आयोगले अनुदानको व्यवस्था गर्दै आएको बताए ।  उद्घाटन सत्रका अध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले तालिममा सहभागीहरूले अन्य कलेजहरूद्वारा भविष्यमा आयोजना हुने तालिममा श्रोत व्यक्तिका रूपमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरे । पूर्व परराष्ट्र मन्त्री समेत रहेका पाण्डेले  अध्ययन अनुसन्धान मानिसको लागि कहिल्यै अन्त्य नहुने प्रकृया भएको बताए । 

तालिममा प्रेमसागर चापागाइँ, योगेन्द्र गुरूङ, ध्रुव कार्की, ताराप्रसाद भुषाल, विनोद पोखरेल भीमलाल गौतम र अञ्जय मिश्रले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया