Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

शिक्षा सचिवमा काफ्ले

१७ बर्ष शिक्षा सेवामा बिताएर १२ बर्ष अघि सेवा परिवर्तन गरेका काफ्ले शिक्षा सेवाको सर्वोच्च पदमा फर्किएका छन् ।

शुक्रबार, २१ बैशाख २०८१

काठमाडौं - सरकारले डा.दिपक काफ्लेलाई शिक्षा सचिव बनाएको छ । चार दिन अघि सुरेश अधिकारीको अवकास भए पछि खाली रहेको शिक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व काफ्लेले पाएका हुन् । बिहीबारको मन्त्रीपरिषद् बैठकले संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सचिव रहेका काफ्लेलाई शिक्षामा सरुवा गर्ने निर्णय गरेको हो । 

२०५२ फागुनमा शिक्षा सेवाबाटै निजामती प्रवेश गरेका काफ्लेले तत्कालिन जिल्ला शिक्षा कार्यालय भक्तपुरमा जिशिअ भएको बेला २०६९ चैतमा प्रशासनको सहसचिवमा नाम निकालेर सेवा परिवर्तन गरेका थिए ।

प्रासका रुपमा सेवा प्रवेश गरेर विनि, जिशिअ हुँदै उनले १७ बर्ष शिक्षा सेवामा बिताएका थिए । १२ बर्ष अघि सेवा परिवर्तन गरेका काफ्ले शिक्षा सेवाको सर्वोच्च पदमा फर्किएका छन् । 

प्रतिक्रिया