Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको दर्खास्त आव्हान

१५ दिन भित्र दर्खास्त दिनु पर्ने

सोमबार, २२ माघ २०८०

काठमाडौँ -शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा बनेको पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनौट समितिले मंगलबार नयाँ उपकुलपतिको लागि विज्ञापन गरेको छ। 

Screenshot_20240206-055447
पूर्वाञ्चलको उपकुलपति हुन आवश्यक पर्ने मापदण्ड सहित विज्ञापन गरेको हो । उपकुलपति छनौट समितिमा शिक्षामन्त्री राई, शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य छन् । 

पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति प्रा यादव कोइराला फागुन दोस्रो साता नियुक्ति भएका थिए । उनको कार्यकाल सकिनु अघि नै सरकारले उपकुलपतिको छनौट सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयमा जस्तै खुला विज्ञापन गरेर उपकुलपति छनौट गर्न लागेको हो । उपकुलपति हुन चाहनेले चार वर्षे बिजनेस प्लान र सोच पत्र पेस गर्नु पर्ने हुन्छ । अनुसन्धान, पुस्तक प्रकाशन, प्राध्यापक भएकालाई प्राथमिकता दिने गरी विज्ञापन हुदैछ ।  एक महिना अघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको विज्ञापन गरेर टुङग्याउन सकेको छैन । 

 

प्रतिक्रिया