Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षा विभागका प्रमुखलाई कारबाहीको तयारी

शिक्षा समितिको निर्णय बिना विज्ञान समूह सञ्चालन गर्न अनुमति  दिएको भन्दै मेयर बालेन शाहले प्रमुख सिताराम कोइरालालाई कारबाहीको तयारी गरेका हुन् ।

आइतबार, १४ माघ २०८०

काठमार्डाैं–काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुखलाई कारबाहीको तयारी गरेको छ । बानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालयमा शिक्षा समितिको निर्णय बिना विज्ञान समूह सञ्चालन गर्न अनुमति  दिएको भन्दै मेयर बालेन शाहले प्रमुख सिताराम कोइरालालाई कारबाहीको तयारी गरेका हुन् । 

कोइरालाले भदौ तेस्रो साता विद्यालयलाई आफुखसी विज्ञान समूह सञ्चालन गर्न पत्र पठाएकोले छानविनको लागि बिदामा राखिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए । 

‘विषय थपको स्वीकृत नगर शिक्षा समितिले गर्नु पर्ने हुन्छ । त्यस बेला नगर समितिको बैठक नबसे पनि उहाँले पछि निर्णय गर्ने गरी आफुखसी चिठ्ठी दिनु भएछ,’उनले भने,‘समितिको निर्णय नगरी आफुखुसी अनुमति दिएको विषयमा उजुरी परेपछि छानविन भयो । उहाँलाई स्पष्टीकरण सोध्दा पनि स्वीकार सहित पेश गर्नु भयो । त्यसैले उहाँलाई बिदा बस्न भनेका छौ ।’ 

शिक्षा विभागको हैसियतले रत्नराज्य माध्यमिक विद्यालयलाई विज्ञान विषय सञ्चालनको अनुमति दिएर २२ जना भर्ना समेत भएको पाइएको उनले बताए । महानगरको नीति विपरीत कार्य भएकोले कारबाहीको लागि नगरकार्यपालिकामा पेश हुने उनले बताए । 

‘प्रमुख कार्यकारी अधिकृतले नगरकार्यपालिकामा उहाँलाई कारबाहीको लागि पेस गर्नु हुन्छ,’प्रवक्ता मानन्धरले भने,‘नगरकार्यपालिका मार्फत प्रदेश लोकसभामा यस बारेमा जानकारी गराउँछौ ।’

यस अघि मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई पाि कारवाही गरेका थिए । कर्मचारी भर्ना गर्दा किर्ते गरेको भन्दै अधिकारीलाई कारवाही गरिएको थियो । उनको ठाउँमा राष्ट्रिय योजना आयोगमा कार्यरत प्रदीप परियारलाई ल्याईएको छ । 

प्रतिक्रिया