Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

प्रधानमन्त्री कपको प्रायोजक लर्डबुद्ध

शुक्रबार, १२ माघ २०८०

काठमाडौँ– लर्डबुद्ध एजुकेसन फाउन्डेसनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई प्रायोजन गरेको छ । प्रायोजन सम्बन्धी सम्झौतामा फाउन्डेसनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् । 

प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोसाक लगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ । 

शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको लर्डबुद्ध एजुकेसन फाउन्डेसनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउन्डेसनका अध्यक्ष जलानले बताए । 

‘खेलाडीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न निजी क्षेत्रबाट सहयोगको खाँचो छ,,’उनले भने,‘ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि पहिचान गराउने भएकाले सबैको साथ सहयोग हुन जरुरी छ ।’ 

क्यानका सचिव पारस खड्काले लर्डबुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद रहेको खड्काले बताए । फाउन्डेसनसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने सचिव खड्काले बताए । 

 

प्रतिक्रिया