Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

शिक्षा राज्यमन्त्री सहित राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन

शिक्षा राज्यमन्त्री प्रमीला यादवको फागुन २० सम्म कार्यकाल हुने निश्चित छ । सत्तारुढ दलहरू बिच सहमति भएमा थप ६ महिना सांसद नभएका व्यक्ति पनि मन्त्री हुने प्रावधान अनुसार उनी राज्यमन्त्रीमा रहन सक्ने छिन् ।

विहीबार, ११ माघ २०८०

काठमाडौँ–राष्ट्रिय सभा सदस्य एवं शिक्षा राज्यमन्त्री प्रमीला यादव सहित २० जनाको पदावधि फागुन २० मा सकिने भएपछि बिहीबार बिहानदेखि निर्वाचन सुरु भएको छ । 

निर्वाचन आयोगले राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान भइरहेको जनाएको छ । १ जना भने राष्ट्रिय सभाबाट मनोनीत भएकोले निर्वाचन गर्नु पर्दैन । 

मतदान तीन बजेसम्म हुने आयोगले जनाएको छ । निर्वाचनको परिणाम बिहीबार नै सार्वजनिक हुने आयोगले जनाएको छ । 

राष्ट्रिय सभा सदस्यको उम्मेदवारलाई प्रदेश सांसद, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । कार्यकाल सकिने १९ जनामा वाग्मतीमा ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३, कोसी, मधेस र लुम्बिनी प्रदेशबाट २/२ सिटका लागि चुनाव हुँदै छ । अहिले रिक्त हुने समूहमा निर्वाचन भएको हो । शिक्षा राज्यमन्त्री प्रमीला ६ वर्षअघि महिला समूहबाट निर्वाचित भएकी थिइन । 

निर्वाचन आयोगका अनुसार बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, कुमार दसौदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई, रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, बिना पोखरेल, हरिराम चौधरी, महेशकुमार महरा, नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा, प्रमीला कुमारी र खिमलाल देवकोटाको पदमा निर्वाचन हुदैछ । मनोनीत बिमलाकुमारी राईको पनि कार्यकाल सकिने भए पनिको उनी राष्ट्रपतिबाट मनोनीत भएकोले उनको ठाउँ अर्को व्यक्ति मनोनीत हुनेछ । 

निर्वाचनमा ८ दलका ५१ उम्मेदवार छन् । काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपाले साझा उम्मेदवार अघि सारेका छन् भन । १९ पदमा काँग्रेसका १०, माओवादीका ६, एसका २ र जसपाका १ उम्मेदवार उठाएका छन् । 

शिक्षा राज्यमन्त्री प्रमीलाको फागुन २० सम्म कार्यकाल हुने निश्चित छ । सत्तारुढ दलहरू बिच सहमति भएमा थप ६ महिना सांसद नभएका व्यक्ति पनि मन्त्री हुने प्रावधान अनुसार उनी राज्यमन्त्रीमा रहन सक्ने छिन् । 

 

प्रतिक्रिया