Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

यसरी लिन सकिन्छ त्रिविबाट अनलाइन सेवा

माघ १५ सोमबारदेखि अनलाइन सेवा सुरु गर्ने भए पनि केही समय कार्यालयबाट दिने सेवालाई यथावत् राख्ने

विहीबार, ११ माघ २०८०

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले माघ १५ सोमबारदेखि आफ्नो सेवा अनलाइनबाट बिस्तार गर्दै छ । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य गर्ने तयारी पुरा भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । 

परीक्षा नियन्त्रण कार्यालयको वेभ साइटबाट अनलाइन फारम भर्ने व्यवस्था गरेको उनले बताए । विद्यार्थीले सबैभन्दा पहिला tuexam.edu.np मा लगइन गर्नु पर्ने हुन्छ । त्यसभित्र सर्टिफिकेट लिङ्कमा क्लिक गर्नु पर्ने व्यवस्था गरेको छ ।

साइन अप गरेपछि विद्यार्थीको इमेलमा एउटा लिङ्क देखाउँछ । उक्त लिङ्कमा क्लिक गर्नु पर्ने हुन्छ । त्यहाँ रजिष्ट्रेशन  स्लिप अपलोड गर्नु पर्ने हुन्छ । त्यसपछि ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्नु पर्ने हुन्छ । अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा क्लिक गर्नु पर्ने हुन्छ । अनलाइनबाट जुन सेवा लिनु पर्ने हो त्यसको आवश्यक कागज पेस गर्दै क्लिक गर्नु पर्ने कार्यालयले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सब मिट गर्नु पर्ने हुन्छ ।’ सब मिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुने परीक्षा नियन्त्रक जोशीले बताए ।

‘सवै प्रक्रिया मिलेको खण्डमा ट्रन्सकृप्ट प्रिन्टको प्रकृयामा जानेछ । प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने छ,’उनले भने,‘ यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्बन्धित विद्यार्थीलाई पठाइनेछ र आवश्यक प्रक्रिया पुरा गरी पुनः अपलोड गरी पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।’ अनलाइन सेवा लिन विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने कार्यालयले जनाएको छ । अनलाइन सेवा सोमबार १० बजेबाट सुरु हुने नियन्त्रक जोशीले बताए । अनलाइन सेवा सुरु गर्ने भए पनि केही समय कार्यालयबाट दिने सेवालाई यथावत् राख्ने उनले जानकारी दिए । 

नाम,थर सच्चाउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरू आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खु स्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने जोशीले बताए । अनलाइन फारम भरेपछि प्रमाणपत्रहरू सङ्कलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाण सहित आउनु पर्ने त्रिविले जनाएको छ । 

प्रतिक्रिया