Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

शिक्षक कर्मचारीको मागमा अन्योल देखिएकोले कारवाहीको माग गर्दै फेरी पत्राचार

मन्त्रालयले बैठक बसाउन निर्देशन दिए पनि बैठक नराखेकाले आवश्यक कारवाही अघि बढाईदिन अनुरोध सहित मन्त्रीलाई सम्बोधन गर्दै फेरी पत्राचार गरिएको हो ।

सोमबार, ०८ माघ २०८०

काठमाडौ - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका बारेमा धरान उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रीलाई फेरी पत्राचार गरेको छ । कामु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले प्रतिष्ठानको समस्या समाधानमा चासो नदिई वेपत्ता भएको भन्दै धरानका मेयर हर्कराज राईले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पत्र लेखेको छ दिन पछि फेरी अर्को पत्र लेखेका हुन् ।

शिक्षक कर्मचारीको मागमा अन्योल देखिएकोले कारवाहीको माग गर्दै राईले सोमबार फेरी पत्राचार गरेका हुन् । यस अघि गत माघ दुई गते मेयर राईले कामु उपकुलपति कार्कीलाई उपस्थित गराइदिन भन्दै पत्र लेखेका थिए । उक्त पत्र पछि मन्त्रालयले कार्यकारीणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएको थियो । 

तर, निर्देशन दिएको यतिका दिन सम्म पनि बैठक नबसाए पछि राईले सोमबार अर्को पत्र लेखेका हुन् । 

'बैठक बसाउन निर्देशन दिए पनि हाल सम्म कुनै बैठक राख्न नसकेकोले प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन जस्ता विषयमा अन्योलता देखिएको साथै हालको विद्यमान परिस्थितीको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानून मुताविक तुरुन्तै आवश्यक कारवाही अघि बढाईदिनु हुन अनुरोध छ' राईले लेखेको पत्रमा भनिएको छ । 

कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन नगरेको, आफू अनुकूलका व्यक्तिलाई जिम्मा दिन प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको जस्ता कार्य गरेको भन्दै राई कार्की प्रति आक्रोशित छन् । कार्कीका गतिविधिलाई राईले अराजकताको संज्ञा दिएका छन् । मेयर हुनु अघि देखि नै राईले प्रतिष्ठानको सुदृढिकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएका थिए । 

प्रतिक्रिया