Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

हिसान भक्तपुरमा कसपाल

आइतबार, ०७ माघ २०८०

भक्तपुर-उच्च माध्यमिक विद्यालय संघ नेपाल भक्तपुर शाखाको अध्यक्षमा मोर्डन कलेजका अनिल कसपाल चुनिएका छन् । भक्तपुर हिसानको छैटौ अधिवेशनले उपाध्यक्षमा एसएस कलेजका निरु ढकाल, सचिवमा इरुडाइट एकाडेमीका दिनेश पाण्डे र कोषाध्यक्षमा सिबर्डका श्याम मानन्धरलाई सर्वसम्मतले चयन गरेको हो । 
सदस्यमा  भक्तपुर इङलिस स्कूलका श्रीनारायण यादव, स्वस्तिक कलेजका सुशिल खनाल, अक्सफोर्ड स्कूलका रवि दुवाल चयन भएका छन् । नेपालका लागि गुणस्तरीय शिक्षा र शिक्षाको लागि उत्कृष्ट गन्तव्य भक्तपुर भन्ने नारा अनुसार शिक्षामा योग्दान दिइरहेको अध्यक्ष कसपालले बताए । ‘आपसी समझदारीको नमुना सदैव प्रकट गर्ने भक्तपुर हिसानले गौरब महशुस गरिएको छ,’उनले भने ।

 

प्रतिक्रिया