Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

त्रिविको शैक्षिक क्यालेण्डरः  यस वर्ष साउनमा स्नातक भर्ना भएका विद्यार्थीले ०८४ वैशाखसम्म कोर्स पुरा गरेर परीक्षा दिइसक्ने

विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बिहीबार बसेको बैठकले स्नातक तहको वार्षिक तथा सेमेस्टर प्रणाली र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेण्डर प्रकाशित गरेको हो ।

शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ–त्रिभुवन विद्यालयले विद्यार्थी र अभिभावकमा विश्वास कायम राख्न एक पछि अर्को नयाँ योजना अघि सारेको छ । 

विद्यार्थीको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै आवेदन दिन सकिने र क्याम्पसबाट एक साताभित्रै लिन सकिने घोषणा गरेको भोलिपल्टै शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । भर्ना कहिले हुने र  परीक्षा कहिले लिने भन्ने शैक्षिक क्यालेण्डरमा उल्लेख भए पनि नतिजा सार्वजनिक गर्ने अवधिको बारेमा मौन छ । 

विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बिहीबार बसेको बैठकले स्नातक तहको वार्षिक तथा सेमेस्टर प्रणाली र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेण्डर प्रकाशित गरेको हो । 

‘यो वर्ष स्नातक पहिलो वर्ष भर्ना भएका विद्याथीले चार वर्षे कोर्स कहिले भर्ना हुने, कक्षा सञ्चालन कहिलेदेखि ? परीक्षा फारम भर्ने, कक्षा समाप्त र परीक्षा सञ्चालन हुने अवधि नै यकिन गरेर क्यालेण्डर सार्वजनिक गरेका छौ,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने,‘विश्वविद्यालय सुधारको यो एउटा क्रान्तिकारी कदम हो ।’ 

callendar यस वर्ष साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाई पुरा गर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने मिति नै तय गरेर शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । शैक्षिक सत्र २०८० को स्नातक तहको वार्षिक प्रणालीको शैक्षिक क्यालेण्डरमा पहिलो वर्षको परीक्षा भदौ ०८१ दोस्रो साता हुने भएको छ । क्यालेण्डर अनुसार साउन दोस्रो सातासम्म मात्रै कक्षा हुनेछ । त्यस्तै सेमेस्टर प्रणाली अनुसार यस वर्ष भर्ना भएका विद्यार्थीले आठौँ सेमेस्टर ०८४ असोजमा परीक्षा सकिने योजना सहितको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । त्रिविका अनुसार पहिलो सेमेस्टरको परीक्षा ०८१ वैशाख, दोस्रोको ०८१ असोज, तेस्रो सेमेस्टरको ०८१ चैत, चौथो सेमेस्टरको ०८२ भदौ÷असोज, पाँचौँको ०८२ चैतमा परीक्षा गर्ने योजना क्यालेण्डरमा उल्लेख छ । छैटौँ सेमेस्टरको परीक्षा ०८३ असोज, सातौँको ०८३ चैत र आठौँको ०८४ असोजमा परीक्षा गर्ने क्यालेण्डरमा उल्लेख छ ।

Screenshot 2024-01-19 at 08.45.22

स्नातक तर्फको भने सेमेस्टरको क्यालेण्डर सार्वजनिक गरेको हो ।  ०८० माघ पहिलो साता स्नातकोत्तरको पहिलो सेमेस्टर भर्ना भएका विद्यार्थीले पहिलो सेमेस्टर ०८१ असारमा पहिलो सेमेस्टरको परीक्षा दिने, दोस्रो सेमेस्टर ०८१ माघ, तेस्रो सेमेस्टर ०८२ असार र चौथो सेमेस्टर ०८२ पुसमा परीक्षा लिने गरी विश्वविद्यालयले शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । 

Screenshot 2024-01-19 at 08.45.10

 

 

 

 

प्रतिक्रिया