Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

२२ वर्ष अघि स्नातकोत्तर भर्ना भएकाले पनि थेसिस गर्न पाइने

मानविकी, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षा शास्त्रमा लागू हुनेछ

विहीबार, ०४ माघ २०८०

काठमाडौ-त्रिभुवन विश्वविद्यालयले २२ वर्ष अघि स्नातकोत्तर तह भर्ना भएर थेसिस बाँकी भएकालाई एक पटक अवसर दिने निर्णय गरेको छ ।   

०५८ मा स्नातकोत्तर भर्ना  भएका , ०५९ मा पहिला वर्षको परीक्षा दिएका र त्यसयता भर्ना भई समय सीमा काटेकालाई थेसिस गर्न दिन लागेको हो । 

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको पुस २५ मा बसेको बैठकले २०५८ सालपछि भर्ना भई थेसिस, टर्म पेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको हो । 

एमफिल तहका परीक्षार्थीहरूको हकमा ०६८ सालमा भर्ना भई समय सीमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय गरेको छ । ०८१ असार मसान्त भित्र सम्बन्धित क्याम्पस÷विभागमा थेसिस बुझाइ भाईभा समेत गर्ने गरी अवसर दिने निर्णय गरेको त्रिविले जनाएको छ । यो निर्णय मानविकी, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, शिक्षा शास्त्रमा लागू हुनेछ । 

TU-Notice-Thesis

 

प्रतिक्रिया