Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

त्रिविको शैक्षिक प्रमाणपत्र लिन अनलाइनबाट आवेदन, एक साता भित्र क्याम्पसबाटै वितरण

‘अब आफ्नो शैक्षिक प्रमाणपत्र लिन कार्यालय धाइरहनु पर्दैन । लाइन बस्नु पर्ने बाध्यता पनि हटाउदै छौ, त्रिविलाई तिर्नु पर्ने शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सक्ने सिस्टम बनाएका छौ ’ -परीक्षा नियन्त्रक जोशी

मंगलबार, ०२ माघ २०८०

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा अब आफ्नो शैक्षिक प्रमाणपत्र लिन लाइन लाग्नु नपर्ने भएको छ । 

आफ्नो शैक्षिक प्रमाणपत्र लिन अनलाइनबाट आवेदन दिएको एक साता भित्र विद्यार्थीलाई कलेजमै उपलब्ध गराउने सिस्टम विकास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए  । ‘अब आफ्नो शैक्षिक प्रमाणपत्र लिन कार्यालय धाइरहनु पर्दैन । लाइन बस्नु पर्नु बाध्यता पनि हटाउदै छौ,’परीक्षा नियन्त्रक जोशीले भने,‘त्रिविलाई तिर्नु पर्ने शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सक्ने सिस्टम बनाएका छौ ।’ 

पनिकाले माघ १५ देखि अनलाइनबाटै लाग्ने दस्तुर लिने र शैक्षिक प्रमाणपत्रको लागि आवेदन पनि अनलाइनबाटै हुने सिस्टम सुरु गर्न लागेको हो । 

केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबार बसेको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूद्वारा दिइने ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनको काम अनलाइनबाट हुने सूचना जारी गरेको छ । यो सेवा माघ १५ बाट हुने पनिकाले जनाएको छ । यो सुविधा कसरी प्रदान गर्ने कार्यविधि भने माघ १० गते त्रिविको वेभ साइटमा हेर्न सकिने पनिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

TU ewxam

प्रतिक्रिया