Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

नैतिक शिक्षा किन हटाइयो ?

विहीबार, २६ पुस २०८०

काठमाडौं - विद्यालय तहमा नैतिक शिक्षा हटाएको सांसदहरुले आपत्ती जनाएका छन् । १२ कक्षा पुरा गरेका विद्यार्थीमा नैतिक विषय नपढ्दा नैतिक शिक्षाको  महत्व खडकिएको सांसदहरुले औल्याएका हुन् । 

‘मोरल एजुकेशन किन हटाईयो ? राखिन्छ कि राखिदैन ? नैतिक शिक्षाको महत्व खडकिएको छ,’ विद्यालय शिक्षा विधेयकका बारेमा संसदीय समितिमा भएको छलफलमा रास्वपाकी सांसद तोसिमा कार्कीले भनिन् । 

एमाले सांसद कालुराम राईले पनि नैतिक शिक्षा हटाएकोमा आपत्ती जनाए । 

‘संविधानले समाज भनेको बहुजातीय, बहुभाषिक, सांस्कृतिकको परिकल्पना गरेको छ । तर, विद्यार्थीलाई हामीले नैतिक शिक्षा दिन सकेनौ,’उनले भने,‘ नैतिक शिक्षा राख्नु पर्छ ।’ 
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले पाठ्यक्रममा नैतिक शिक्षा अरु विषयमा समावेश रहेको बताए । 

‘मोरल साइन्स ०६०/६१ देखि हटाइएको हो,’उनले भने,‘ त्यस विषयलाई हटाएर सामाजिक विषयमा राखिएको छ ।’

प्रतिक्रिया