Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

निलम्वन फुकुवाको सहमती

विरोधका सबै कार्यक्रम फिर्ता

बुधबार, २५ पुस २०८०

काठमाडौं - आफ्नै विद्यार्थी माथि लगाएको निलम्वन फुकुवा गर्न काठमाडौँ मेडिकल कलेज (केएमसी) सहमत भएको छ । कलजले मनलाग्दी रुपमा स्वास्थ्य शिविर आयोजना गरेको भन्दै विरोध गरेकै भरमा डा. विशद दाहाल माथि कलेजले निलम्वन गरेको थियो । 

बुधबार विहान धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयमा भएको द्धिपक्षीय वार्ता पछि उक्त सहमती भएको हो । विद्यार्थी, कलेज प्रशासन र काठमाडौं विश्वविद्यालयका प्रतिनिधि बीच भएको त्रिपक्षीय छलफलमा दाहालको निलम्बन फिर्ता लिने सहमती बनेको हो । 

पढ्नुहोस् सहमती पत्र 

bisad_sahamati

केएमसीका सञ्चालक समेत रहेका सांसद सुनिल शर्माले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न आवासीय चिकित्सकलाई पाठ्यक्रममै नभएको स्वास्थ्य शिविरमा खटाएको भन्दै विरोध गरेका कारण दाहाललाई निलम्वन गरेको आरोप लाग्दै आएको छ । उक्त विषयमा संसदीय समितिमा समेत आलोना भए पछि शिक्षा मन्त्रीले नै निलम्वन फुकुवाको निर्देशन दिएका थिए । तर कलेज प्रशासनले मन्त्रीको निर्देशन नमान्ने घोषणा गरेको थियो ।  

यी सामग्री पनि पढ्नुहोस् :

केएमसीले शिक्षा मन्त्रालय चलाएको कि मन्त्रालयले केएमसी ?

शिक्षा मन्त्रालयको २४ घण्टे निर्देशन केएमसीद्वारा अवज्ञा

केएमसीका सञ्चालक शर्माको चुनौती - ‘शिक्षामन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । सम्बन्धन खारेज गरेर देखाऊ’

‘गेटमा फोटो टाँसेर छिर्न नदिँदा कतिसम्म टर्चर छ भन्ने मलाई मात्रै थाहा छ’

प्रतिक्रिया