Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

‘शिक्षकलाई जस्तै आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गरियोस्’

संघीय शिक्षा ऐन बन्दा अस्थायी, करार र ज्यालादारी कर्मचारीको श्रमको मुल्याङकन हुने व्यवस्था गरिदिन आग्रह

मंगलबार, २४ पुस २०८०

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डका अस्थायी, करार र ज्यालादारी कर्मचारीले शिक्षकलाई जस्तै एक पटकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने व्यवस्था नयाँ कानुनमा राखिदिन आग्रह गरेका छन् । विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभा अन्र्तगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । 

नयाँ बन्ने कानुनमा करार र अस्थायी शिक्षकलाई सरकारले एक पटकलाई आन्तरिक प्रतिष्पर्धा हुने व्यवस्था राखे जस्तै बोर्डका कर्मचारीलाई पनि आन्तरिक प्रतिष्पर्धा गर्ने व्यवस्था गरिदिन उनीहरुको माग छ । 

बोर्डमा तीन सय १२ जनाको दरबन्दी भएपनि एक सय एक सय ८० जना अस्थायी, करार र ज्यालादारी कर्मचारी रहेको संघर्ष समितिका अध्यक्ष पुण्यप्रसाद ढुङगेलले बताए । बोर्डले ०५१ सालदेखि देखि करारमा कर्मचारी राख्न थालेको उनले बताए । उनीहरुलाई ०६२ मा अस्थायी बनाए पनि स्थायी हुन नसकेको उनले बताए । बोर्डमा एक सय २६ स्थायी कर्मचारी छन् । 

‘हामी श्रम शोषणमा परेका छौं । आमा बुबा बित्दा पनि किरिया बिदा पाउँदैनौं,’ उनले भने,‘यो भन्दा दुःखको कुरा के हुन सक्छ ?’ 

संघीय शिक्षा ऐन बन्दा कर्मचारीको श्रमको मुल्याङकन हुने व्यवस्था गरिदिन उनले आग्रह गरे । ‘सबै क्षेत्रीय कार्यालयमा अस्थायी कर्मचारीले चलाइरहेका छन् । महिनाको एक दिन पनि  बिदा पाइदैन,’उनले आफ्नो पीडा सुनाउदै भने,‘ आमा बित्दा पनि मैले बिदा पाइएन ।’ 

अब बन्ने कानुनमा एक पटकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गरिदिन उनले सांसदहरुलाई आग्रह गरे । 

‘२० वर्ष काम गरिसक्यौं । खाली हात घर जानु पर्ने अवस्था छ । हाम्रो समस्यालाई माननीयहरुले संशोधन राखिदिनु भएको छ । सर्वसम्मत  गरिदिनु भएमा श्रम शोषण हट्नेछ ।’ 

बोर्डको बिनियमले कर्मचारीको स्थायी गर्ने प्रावधान छाड्दा अन्याय हुने भएकोले कानुनमै समेटिदिन उनले आग्रह गरे । 

‘हामी ०६३ देखि ज्यालादारीमा छौ्र । माननीयज्युहरुलाई  श्रम शोषण छैन भन्ने लाग्छ भने कानुनमा नराखिदिनुस । हाम्रो योगदान के छ ? क्षेत्रीय कार्यालयमा गएर हेरिदिनस्,’उनले भने । 

ज्यालादारी कर्मचारी सुनिता यादवले  बोर्डमा पाँच देखि २५ वर्षसम्म कर्मचारीहरु श्रम शोषणमा परेको बताइन । 

‘अस्थायी करार, ज्यलादारी कर्मचारीलाई एक पटकको लागि आन्तरिक परीक्षामा सहभागि हुन सक्ने र अनुतिर्ण भएमा सुविधा उपलब्ध गराउनु व्यवस्था राखिदिनुहोला,’उनले भनिन् । 

प्रतिक्रिया