Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षक महासंघले उठाएको विषयमा नगरपालिका र गाउँपालिका महासंघ छलफल गर्न तयार

‘शिक्षकले जुन विषय उठाएका छन् । उनीहरूको कुरा र हाम्रो कुरा राख्नको लागि मन्त्रालयले एउटा छलफल राखोस्’

विहीबार, १९ पुस २०८०

काठमाडौँ–नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले शिक्षकले उठाएको मागको बारेमा छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । शिक्षकको मागको बारेमा छलफल राख्न दुवै महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

 नेपाल नगरपालिकाका संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले विधेयकमा असहमति जनाएको दफामा छलफल गर्न शिक्षक महासंघ र आफूलाई राख्न मन्त्रालयलाई आग्रह गरेका छन् । 

‘शिक्षकले जुन विषय उठाएका छन् । उनीहरूको कुरा र हाम्रो कुरा राख्नको लागि मन्त्रालयले एउटा छलफल राखोस्,’ प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ढुङ्गानाले भने,‘हामी छलफल गर्न तयार छौ ।’ संविधान कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी भएकाले सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने उनले बताए । 

शिक्षकहरूले आफूहरूलाई स्थानीय तह मातहतमा राख्न नहुने, कारबाही प्रदेश तहबाट हुनु पर्ने माग राख्दै आएको छ । त्यस्तै कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई लाइसेन्स नभएको भन्दै स्थानीय तहले सेवाबाट हटाएकोमा शिक्षकले विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया