Edukhabar
मंगलबार, ०१ असोज २०८१
गतिविधि

शिक्षकको मागमा आज संसदीय समितिमा छलफल हुँदै

शिक्षकको समस्या  र समाधानको उपाय सहित छलफल गर्न पहिलो चरणमै शिक्षक महासंघलाई बोलाउने निर्णय गरेको हो ।

बुधबार, १८ पुस २०८०

काठमाडौं-प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले बुधवार शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गर्दैछ । समितिमा विधेयक आएपछि गत साता शिक्षा विज्ञान प्रविधि मन्त्री, सचिवसँग जानकारी लिएपछि बुधवारदेखि सरोकारवालासँग छलफल गर्न लागेको हो । 

मन्त्रालयले शिक्षक महासंघका पदाधिकारीसँग व्यापक छलफल गरेर विधेयक अघि बढाए पनि विधेयक संसदमा दर्ता भएपछि विरोध भएको भन्दै आफ्नो बचाउ गरेको थियो । आन्दोलनपछि महासंघसंग भएको सहमति बारे पनि खुलेर बोल्न चाहेको चाहेको छैन । सांसदहरूले भने महासंघसंग भएको सहमति समितिमा पेस गर्न माग गरेका छन् । 

समितिले शिक्षकको समस्या  र समाधानको उपाय सहित छलफल गर्न पहिलो चरणमै शिक्षक महासंघलाई बोलाउने निर्णय गरेको हो । शिक्षकको समस्या समाधान भएपछि शिक्षाको सबै समस्या समाधान हुने भएकोले पहिलो चरणको छलफल शिक्षक महासंघसंग गर्न लागेको समिति सभापति भानुभक्त जोशीले बताए । 

सांसहरुले शिक्षकलाई खुसी बनाएपछि विद्यालय सुधार हुने भएकोले शिक्षकको माग पुरा गर्न सरकार गम्भीर हुनु पर्ने अडान लिएका छन् । सरकारले शिक्षकलाई स्थानीय तह मातहत हुनु पर्ने विधेयकमा प्रस्ताव गरे पनि अधिकांश सांसदहरूले संघ मातहत रहने गरी कानुन बनाउनु पर्ने प्रस्ताव गरेको छ । त्यस्तै राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नु पर्ने पक्षमा अधिकांश सांसदहरू छन् । 

 

 

प्रतिक्रिया