Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयलाई सांसदको प्रश्न - ‘कहिलेसम्म विदेशी सहयोगमा निर्भर ?

विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) मा सात वटा वित्तीय साझेदाहरुले शिक्षाको बजेटको १० प्रतिशत खर्च गरिरहेको मन्त्रालयले जानकारी गराएपछि दाताको लगानीमा प्रश्न

मंगलबार, १७ पुस २०८०

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दाताको सहयोग कहिलेसम्म लिने ? भन्दै शिक्षा मन्त्रालयका पदाधिकारीलाई प्रश्न उठाएकी छिन् । प्रतिनिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा श्रेष्ठले शिक्षामा दाताको सहयोग १० प्रतिशतबाट कमी गर्दै आत्म निर्भर बनाउनु पर्ने उनले बताइन । 

विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) मा सात वटा वित्तीय साझेदाहरुले शिक्षाको बजेटको १० प्रतिशत खर्च गरिरहेको मन्त्रालयले जानकारी गराएपछि सांसद श्रेष्ठले दाताको लगानीमा प्रश्न उठाएकी हुन् । मन्त्रालयले आठ संयुक्त वित्तीय साझेदारहरू एसियाली विकास बैंक, युरोपेली संघ, फिनल्यान्ड सरकार, ग्लोबल पार्टनरसिप अफ एजुकेसन, नर्वे, युनिसेफ, यूएसएआइडी र विश्व बैंक मार्फत विद्यालय शिक्षामा सहयोग गरिरहेको समितिमा जानकारी गराएको थियो ।

‘एसईएसपीको योजना के छ ? यिनीहरुले गर्ने भनेको १० प्रतिशतबाट शुन्यमा कहिले झर्छ ?,’उनले भनिन् । 

शिक्षा सचिव सुरेश अधिकारीले शिक्षामा मात्रै नभई मुलुकको कुल बजेटको २५ प्रतिशत वैदेशिक सहयोगमा निर्भर रहेको बताए । उनले भने,‘शिक्षा क्षेत्रको मात्रै कुरा होइन । मुलुकको २५ प्रतिशत वैदेसिक सहयोगमा निर्भएर छौ । सहयोग नलिने हो भने पुजिगत खर्च कतौटी हुन्छ । सहयोग नलिदा त राम्रो हुन्छ । तर, तत्काल शुन्य गर्न सकिदैन ।’

प्रतिक्रिया