Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

विश्वभरीका नेपालीले प्रतिष्पर्धा गर्न पाउने गरी मापदण्ड तय

कुलपतिका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट नियुक्ति हुने गरी दुई दिनभित्र विज्ञापन खुल्दै

मंगलबार, १७ पुस २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि विश्वभरी छरिएर रहेका योग्य नेपालीले प्रतिष्पर्धा गर्न पाउने गरी मापदण्ड तय गरिएको छ । उपकुलपतिको लागि आवश्यक पर्ने मादपण्ड सहित दुई दिन भित्र विज्ञापन गर्ने तय भएको सर्च कमिटिका सदस्य समेत रहेका शिक्षा सचिव सुरेश अधिकारीले बताए । उपकुलपतिको लागि बुधबार भित्र विज्ञापन भइसक्ने उनको भनाई छ । 

‘शिक्षाध्यक्षलाई तीन महिनाको लागि उपकुलपतिको लागि जिम्मेवारी दिएको छ’ उनले भने, ‘तीन महिना भित्रै नयाँ उपकुलपति नियुक्ति हुन्छ ।’ 

कातिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति रिक्त छ । उपकुलपतिको लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुने कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बताउदै आएका छन् । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सहायक क्याम्पस प्रमुख, क्याम्पस प्रमुख, विभागीय प्रमुख, सहायक डीन, डीन भइसकेको व्यक्तिलाई मात्रै उपकुलपति हुन योग्य हुनु पर्ने बताए । यस बाहेक बौद्धिक चोरीमा नपरेको, अन्तराष्ट्रिय कृति प्रकाशन गरेको, क्यू वान र क्वू टु जर्नलको छैटौं देखि थप ५ वटासम्म गणना हुनु पर्ने, अन्य विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भइसकेको व्यक्ति मात्रै उपकुलपतिको लागि योग्य हुने मापदण्ड आवश्यक पर्ने उनले बताए । उपकुलपतिको छनौट गर्न अन्य मुलुकका सफल विश्वविद्यालयका २ जना उपकुलपति मार्फत गराउनु पर्ने उनको सुझाव छ । 

‘विदेशी विश्वविद्यालयसंग हामी समन्वय गरेर नेपाल झिकाउन पनि तयार छौं’ उनले भने ।

प्रतिक्रिया