Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

निमित्त सदस्य सचिव भट्टराई भए सदस्य सचिव

राष्ट्रिय योजना आयोग सदस्यको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका तीन मध्ये सदस्य सचिवमा भट्टराईलाई नियुक्ति गर्ने सरकारको निर्णय

विहीबार, १२ पुस २०८०

काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भट्टराईलाई नियुक्ति गर्ने निर्णय गरेको हो । 
जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिए पछि सीटीइभीटीको सदस्य सचिव पद रिक्त थियो । भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिईएको थियो । 

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराई सहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल,  क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो । सदस्य सचिवमा आठ जनाले कार्य योजना पेस गरेर अन्तरवार्ता दिएका थिए । भट्टराई, मल्ल, बडाल सहित  भुवनेश्वर ढुङ्गाना, प्रमोदभक्त आचार्य,  अनोज भट्टराई, अरविन्दकुमार चौधरी, नलराम देवकोटाले कार्ययोजना पेस गरेर अन्तरवार्तामा सहभागि भएका थिए । 

प्रतिक्रिया