Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगद्धारा तीन विषयको नतिजा सार्वजनिक

विहीबार, १७ मंसिर २०७२

भक्तपुर - निम्न माध्यमिक तहका शिक्षकको अन्तर्वार्ताको नतिजा प्रकाशित गर्ने क्रममा शिक्षक सेवा आयोगले बुधबार पश्चिमाञ्चल क्षेत्रको तीन विषयको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तहको विज्ञान, सामाजिक र गणित विज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको आयोगले जनाएको छ । 

नतिजाका लागि : http://tsc.gov.np/

शिक्षक सेवा आयोगबाट निम्नमाध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम लिखित परीक्षाको प्राप्ताङ्क, शैक्षिक योग्यता वापतको अङ्क, अनुभव वापतको अङ्क र अन्तर्वार्ताको औसत अङ्क समेतको आधारमा योग्यताक्रम कायम गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति २०७२ मंसिर १७ गते

प्रतिक्रिया