Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

नेपाली विश्वविद्यालय 'डिप्रेशन'को खानी !

अध्ययन पुरा गरेका विद्यार्थीले रोजगारी नपाउने भए पछि अहिले सञ्चालनमा रहेका विश्वविद्यालयले 'डिप्रेशन'का बिरामी उत्पादन गरिरहेको आरोप

शुक्रबार, ०६ पुस २०८०

काठमाडौं - कांग्रेस सांसद चन्द्रकान्त भण्डारीले नेपालका विश्वविद्यालयले डिप्रेशनका बिरामी उत्पादन गरिरहेको आरोप लगाएका छन् । स्नातकोत्तर तह अध्ययन पुरा गरेका विद्यार्थीले पनि रोजगारी नपाएपछि डिप्रेशनमा जाने गरेको उनले बताए । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य विज्ञान तथा प्रविधि समितिको शुक्रबारको बैठकमा भएको नेपाल विश्वविद्यालयको विधेयक माथिको छलफलमा भण्डारीले अध्ययन पुरा गरेका विद्यार्थीले रोजगारी नपाउने भए पछि अहिले सञ्चालनमा रहेका विश्वविद्यालयले डिप्रेशनको खानी भएको टिप्पणी गरे । 

‘अहिले खुलेका विश्वविद्यालयले जनभावना अनुसार काम नगरेकोले बन्द गर्दिउँ’ उनले भने ‘विश्वविद्यालय जस्ता विश्वविद्यालय छैनन् । डिप्रेशनको खानी जस्तो भयो ।’ 

विश्वविद्यालयले बेलैमा परीक्षा नलिने, नतिजा ढिलाई गर्ने समस्या रहेको उनले बताए । 

त्यस्तै विश्वविद्यालयको गोल्डमेडलिस्टलाई पढाउने अवसर विश्वविद्यालयले नदिएको उनको बुझाई छ ।

प्रतिक्रिया