Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

एउटा कोठामा कार्यालय खोलेर नेपाली विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीलाई नियमन गर्न जरुरी

नेपाली विश्वविद्यायलको कार्यक्रम राम्रो भएर पनि विज्ञापन गर्न सक्दैन । तर, विदेशको विश्वविद्यालयको कार्यक्रमको गल्ली गल्लीमा खुलेको कन्सल्टेनसीले झोला बोकेर विज्ञापन गरिरहेको छ

शुक्रबार, ०६ पुस २०८०

काठमाडौ - पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले एउटा कोठामा कार्यालय खोलेर नेपाली विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीलाई नियमनको आवश्यक रहकेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य विज्ञान तथा प्रविधि समितिको शुक्रबारको बैठकमा पौडेलले कन्सल्टेन्सीलाई नियमनको खाँचो रहेको बताए । नेपाल विश्वविद्यालयको विधेयक माथि छलफलको क्रममा माओवादी सांसद पौडेलले एउटा कोठामा खुलेको कन्सल्टेन्सीले विद्यार्थीलाई विज्ञापन गरेर विदेश पठाइरहेको बताए । 

‘नेपाली विश्वविद्यायलको कार्यक्रम राम्रो  भएर पनि विज्ञापन गर्न सक्दैन । तर, विदेशको विश्वविद्यालयको कार्यक्रमको गल्ली गल्लीमा खुलेको कन्सल्टेनसीले झोला बोकेर विज्ञापन गरिरहेको छ’ उनले भने ।

शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारीलाई कन्सल्टेन्सी नियम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया