Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

क्रिसमसको लुगा किन्न बाध्य बनाएमा १ लाख रुपैयाँसम्म जरिवाना

केही विद्यालयले किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकोले तोकिएको विद्यालय पोसाक बाहेक अन्य पोसाक किन्न बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ : काठमाडौँ महानगरपालिका

शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले क्रिसमसलाई लक्षित गरेर विद्यार्थीलाई विद्यालय पोसाक भन्दा अर्को पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ ।

महानगरले क्रिसमस भन्ने उल्लेख नगरे पनि चाडपर्वको नाममा विद्यार्थीलाई नियमित पोसाक भन्दा फरक  भिन्न बाध्य नपार्न निर्देशन दिएको हो । ‘केही विद्यालयले किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकोले तोकिएको विद्यालय पोसाक बाहेक अन्य पोसाक किन्न बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’शिक्षा अधिकारी सीताराम कोइरालाले जारी गरेको सूचनामा भनिएको छ ।

महानगरको सूचनाको अटेर गरेमा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन २०७५ बमोजिम दण्ड सजाय हुने जानकारी गराइएको छ । ऐनको दफा ५७ को उपदफा ४ का ‘ग’ मा कसुरको मात्रा हेरेर एक हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । 

 

प्रतिक्रिया