Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

एकै पटक धेरै विद्यार्थी दीक्षित गराएकोमा त्रिभुवन विश्वविद्यालयको विश्व रेकर्ड

७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा, १२ हजार चार सय १५ दीक्षित

सोमबार, ०२ पुस २०८०

काठमाडौ - देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले एकै पटक धेरै विद्यार्थी दीक्षित गराएकोमा विश्व रेकर्ड राखेको छ । सोमबार आयोजित ४९ औं दीक्षान्त समारोहमा अफिसियल वर्ल्ड रेकर्डले* विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ ।

विश्वविद्यालयका कार्यवहाक उपकुलपति प्रा।डा। शिवलाल भुषाललाई अफिसियल वर्ल्ड रेकर्डले उक्त प्रमाणपत्र उपलब्ध गराएको हो । समारोहमा रेकर्डका प्रतिनिधिहरू पनि उपस्थित छन् । 

यस बर्ष ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा, १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।  

- * सच्याईएको - सं.

प्रतिक्रिया