Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

दीक्षान्त समारोहमा वर्ल्ड रेकर्डका* प्रतिनिधि पनि सहभागी

दीक्षित हुने विद्यार्थी ७३ हजार, प्रमाणपत्र बुझ्ने संख्या भने साढे १२ हजार

सोमबार, ०२ पुस २०८०

काठमाडौ - एकैपटक धेरै विद्यार्थी दीक्षित हुने दावी गर्दै त्रिभुवन विश्वविद्यालयले 'अफिसियल वर्ल्ड रेकर्ड’मा* आवेदन दिएको छ । उक्त आवेदन अनुसार सोमबार आयोजित  ४९ औं दीक्षान्त समारोहमा वर्ल्ड रेकर्डका प्रतिनिधिहरू पनि उपस्थित छन् । 

समारोह दशरथ रंगशालामा जारी छ । यस पटक ७३ हजार बढी विद्यार्थी विश्वविद्यालयबाट दीक्षित हुने भए पनि समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार मात्रै रहेको छ । दीक्षित हुन योग्य सबै विद्यार्थी समारोहमा नआउने भएकोले संख्या कम हुने गरेको छ । दीक्षान्त प्रति विद्यार्थीको चासो र उत्साह नहुँदा पनि संख्या निकै कम हुने गरेको छ । 

विद्यार्थीको अभिभावकसहित समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुने अनुमान रहेको रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

विश्वविद्यालयको दीक्षान्त समारोहका कारण काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्था भने अस्तव्यस्त भएको छ । शहरको मध्य भागमा कार्यक्रम गरेका कारण भएको मानिसको चापले ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले शहको मध्य भाग हुँदै आवत जावत गर्ने ठूला सवारीलाई कलंकी, कालिमाटी, तीनकुने तथा कोटेश्वरबाटै छिर्न दिएको छैन । यस अघि पुल्चोक इञ्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष दशरथ रंगशालामा गरिएको हो ।

* सच्याईएको - सं.

TU_80

 

tu_2080

प्रतिक्रिया