Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सङ्क्रमित बालबालिकालाई शैक्षिक सामग्री प्रदान

विहीबार, १७ मंसिर २०७२

काठमाडौँ, १७ मङ्सिर । विश्व एड्स दिवसका अवसरमा एचआइभी सङ्क्रमित बालबालिकालाई आज यहाँ शैक्षिक सामग्री प्रदान गरिएको छ ।  सानो पाइला नामक संस्थाद्वारा आयोजित कार्यक्रममा आमाबाबु अथवा अन्य कारणले एचआइभी सङ्क्रमित भएका विपन्न परिवारका १८ वर्षमुनिका एचआइभी सङ्क्रमित २१ बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको हो । 

पर्सामा २५५ एचआइभी सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा स्वेच्छिक परामर्श तथा रक्त परीक्षण गराउन आउनेमध्ये २५५ मा एचआइभीको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतो बताए । 

(रासस)

 

प्रतिक्रिया