Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

हरेक वडामा शिशु स्याहार

नगरमा सञ्चालित मन्टेश्वरीले लिने शुल्क न्यून आय भएकाको छोराछोरी पढाउनै नसक्ने अवस्था आएपछि नगरपालिकाले सस्तोमा पढाउने गरी केन्द्र खोल्न लागेको जनाएको छ ।

बुधबार, २७ मंसिर २०८०

मध्यपुरथिमी नगरपालिकाले आफ्नो लगानीमा शिशु स्याहार खोल्ने भएको छ । निजी स्तरबाट सञ्चालित मन्टेश्वरीमा नगर बासीले महँगो शुल्क तिर्नु परेको भन्दै नगरपालिकाले शिशु स्याहार तथा बालबिकास केन्द्र खोल्न लागेको हो । 

नगर सभाले नगर बासीलाई शिक्षाको सहज पहुँच सुनिश्चित गर्न लिएको नीतिलाई कार्यान्वयन गर्न वडा स्तरमा बाल विकास केन्द्र खोल्न लागेको हो । नगरमा सञ्चालित मन्टेश्वरीले मासिक १० हजार भन्दा बढी लिँदा न्यून आय भएकाको छोराछोरीले पढाउनै नसक्ने अवस्था आएपछि नगरपालिकाले सस्तोमा पढाउने गरी केन्द्र खोल्न लागेको जनाएको छ । 

‘आर्थिक ?पमा सबैको पहुँच हुने गरी शिशु स्याहार केन्द्र तथा बाल विकास केन्द्र खोल्न लागेका छौ,’उपमेयर विजय श्रेष्ठले भने । नगरपालिकाको आइतबार बसेको बैठकले नगरका सबै वडामा लागत साझेदारीमा शिशु स्याहार तथा बालबिकास केन्द्र सञ्चालन गर्ने कार्यविधि समेत पारित गरिसकेको उनले बताए । ‘शिक्षा क्षेत्रमा मध्यपुर थिमि नगरपालिकाको यो एउटा पाईला हो,’उनले भने । 

भौतिक संरचना नगरपालिकाले व्यवस्थित गरेपछि सञ्चालन भने साझेरीमा टोलका कुनै संस्थासंग सहकार्य गर्ने गरी केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया