Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

सीटीइभीटीको सदस्य सचिवमा भट्टराई, मल्ल र बडाल मध्ये एक हुने

मन्त्रिपरिषद्ले तीन मध्ये १ जनालाई सदस्य सचिवमा नियुक्ति गर्नेछ ।

सोमबार, २५ मंसिर २०८०

काठमाडौ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिवमा तीन जनाको नाम सिफारिस भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार महेश भट्टराई, राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल,  क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सदस्य सचिवमा सिफारिस गरेको हो । भट्टराई कार्यबाहक सदस्य सचिव हुन् । 

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो । भट्टराई, मल्ल, बडाल,  भुवनेश्वर ढुङ्गाना, प्रमोदभक्त आचार्य,  अनोज भट्टराई, अरविन्दकुमार चौधरी, नलराम देवकोटाले कार्ययोजना पेस गरेर अन्तरवार्तामा सहभागि भएका थिए । 

जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीइभीटीको सदस्य सचिव पद रिक्त थियो । 

मन्त्रिपरिषद्ले अब तीन मध्ये १ जनालाई सदस्य सचिवमा नियुक्ति गर्नेछ । सदस्य सचिवमा आठ जनाले कार्य योजना पेस गरेर अन्तरवार्ता दिएका थिए । 

 

 

 

 

 

प्रतिक्रिया