Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

सामुदायिकका विद्यार्थी सहभागी गराएर ह्वाइट हाउसमा एम्युएन

काठमाडौंका २४ वटा विद्यालयका १ सय ८० विद्यार्थी सहभागी थिए ।

सोमबार, २५ मंसिर २०८०

काठमाडौ–सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत सहभागी गराएर तीनकुने स्थित हिमालयन ह्वाइट हाउस स्कुलले मोडल यूनाइटेड नेसन्स (एम्युन) को अभ्यास गरेको छ । 

काठमाडौको दरबार स्कुल (भानु मावि), काटेश्वरको सरस्वती माध्यमिक विद्यालय र बानेश्वरको रत्न राज्य लक्ष्मी विद्यालयका विद्यार्थीलाई निःशुल्क सहभागी गराएर  ह्वाइट हाउस स्कुलले एम्युनको अभ्यास गरेको हो । मङ्सिर २२, २३, २४ मा चलेको कार्यक्रममा काठमाडौंका २७ वटा विद्यालयका १ सय ८० विद्यार्थी सहभागी थिए । 

विद्यार्थीलाई पुस्तकको ज्ञान मात्रै नभई सृजनात्मक सीपको विकास गर्न युनेस्कोसंगको सहकार्यमा एम्युन गरेको विद्यालयका प्रबन्धक युवराज शर्माले बताए । ‘यस्ता कार्यक्रमले विद्यार्थीमा अनुसन्धान गर्ने बानीको विकास गराई देश विदेशका समसामयिक विषयवस्तुलाई बुझ्ने र अभिव्यक्त गर्ने सीपको समेत विकास गराएको छ,’उनले भने । कार्यक्रममा सहभागी विद्यार्थीलाई विभिन्न देशका प्रतिनिधि बनाएर कार्यक्रम गर्दा सम्बन्धित देशको बारेमा विद्यार्थीले बुझ्ने मौका पाएको उनको अनुभव छ । उनले भने,‘भाइबहिनीहरूले विपक्षी प्रतिनिधि प्रतियोगीले दिएका पेचिला र जल्दा बल्दा विषयवस्तुलाई तार्किक ढङ्गले प्रस्तुत गर्दै आफू वाक पटुतामा अब्बल रहेको समेत पुष्टि गर्ने मौका पाएका छन् ।’ 

हिमालयन ह्वाइट हाउस स्कुलमा भएको एम्युनमा युएन वमन, नेटो, मार्भल भिएसडीसी, एफपिएन, आईपी कमिटी गठन गरेको थियो । कार्यक्रममा इजरायल प्यालेस्टायन युद्ध, रसिया र युक्रेनको वर्तमान अवस्था, रसिया र युक्रेनको आर्थिक सङ्कट, रिलेसनसिप बिटविन फ्रिडम अफ एक्सप्रेसन  एण्ड मिडिया जस्ता विषयमा बहस भएको विद्यालयले जनाएको छ । 

 

 

प्रतिक्रिया