Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

विदेशीको मन जितेको विश्वविद्यालय, १ सय १३ विदेशी सहित १८३८ विद्यार्थी दीक्षित हुँदै

दीक्षित हुने मध्ये विदेशी विद्यार्थीको सङ्ख्या ६ दशमलव १५ प्रतिशत छन्

सोमबार, २५ मंसिर २०८०

काठमाडौ–काठमाडौं विश्वविद्यालयबाट यसपालि १ सय १३ विदेशी विद्यार्थी सहित १ हजार ८ सय ३८ नेपाली दीक्षित हुने भएका छन् । 

नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जानेको तथ्याङ्क बढिरहेको बेला काठमाडौं विश्वविद्यालयले विदेशी विद्यार्थीलाई आकर्षित गरेर अध्ययन गराइरहेको छ । यस वर्ष मात्रै १ सय १३ जनालाई दीक्षित हुँदै छन् । विश्वविद्यालयका अनुसार बुधवार भारत, श्रीलङ्का, र मालदिभ्सका विदेशी विद्यार्थी दीक्षित हुँदै छन् । दीक्षित हुने मध्ये विदेशी विद्यार्थीको सङ्ख्या ६ दशमलव १५ प्रतिशत रहेको विश्वविद्यालयका उपकुलपति भोला थापाले बताए । 

विश्वविद्यालयका अनुसार पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना विद्यार्थी दीक्षित हुन लागका हुन् । यस मध्ये मानविकीका २ सय ९ जना, शिक्षा तर्फका २ सय २५ जना, इन्जिनियरिङका ३९ जना, कानुनका ३९ जना, व्यवस्थापनका ४ सय ४८ जना, मेडिकल साइन्सेजका ७ सय ७७ जना र विज्ञान समूहका १ सय १ जना दीक्षित हन लागेका हुन् । 

दीक्षित हुने विद्यार्थीमध्ये पुरुष ६ सय ४६ अथार्त ४६.०३ प्रतिशत, महिला ९ सय ९२ अथार्त ५३.९७ प्रतिशत छन् । 

स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाई हर एजुकेसन मा ९ जनाले पहिलो पटह उपाधि हासिल गर्दै छन् । 

 

 

प्रतिक्रिया