Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

१२ कक्षाको नतिजा सुधार्न विज्ञलाई प्रशिक्षण

प्रश्न पत्र, उत्तर कुञ्जीका बनाउने विधिमा सुधार गरेर विद्यार्थीको सिकाइ मुल्याकन गर्ने मापदण्ड तय गर्न लागेको बोर्डले जनाएको छ ।

शनिबार, २३ मंसिर २०८०

भक्तपुर - राष्ट्रिय  परीक्षा बोर्डले विद्यार्थीको सिकाइ मुल्याकन सुधारर्न परीक्षाको काममा संलग्न हुने विज्ञ र शिक्षकहरूलाई नै तालिम दिन थालेको छ । 

प्रश्न पत्र बनाउँदा, मोडरेशन गर्दा,  परीक्षण गर्दा हुने कमजोरी न्यूनीकरण गर्न बोर्डले विज्ञ र शिक्षकलाई नै तालिम दिन थालेको हो ।

परीक्षामा देखिएको कमजोरी पहिचान गरेर विज्ञहरूलाई नै तालिम दिइरहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । प्रशिक्षणमा ग्रिड अनुसार प्रश्न पत्र कसरी बनाउने ? प्रश्नको उत्तर के हुन्छ ? कुन प्रश्नको उत्तर के लेखेमा कति नम्बर दिने जस्ता आधारभूत ज्ञान परीक्षामा संलग्न हुने व्यक्तिहरूलाई दिन थालेको हो ।

विषय विज्ञहरूले तयार गरेको प्रश्नको आधारमा नै परीक्षा लिने भएकोले परीक्षा अघि  नै आन्तरिक रूपमा कमजोरी सुधार गर्न लागि परेको बोर्डले जनाएको छ । अनिवार्य विषयका विज्ञहरूलाई तालिम सकेपछि ऐच्छिक विषयका विज्ञहरूलाई सुरु गरेको बोर्डले जनाएको छ । विद्यार्थीले लेखेको एउटै उत्तर परीक्षण गर्ने व्यक्ति अनुसार नम्बर फरक हुने समस्या समाधान गर्न हरेक विषयको उत्तर कुञ्जीका बनाउने प्रशिक्षण समेत दिइरहेको बार्डका परीक्षा नियन्त्रक शर्माले बताए । प्रश्न पत्र, उत्तर कुञ्जीका बनाउने विधिमा सुधार गरेर विद्यार्थीको सिकाइ मुल्याकन गर्ने मापदण्ड तय गर्न लागेको बोर्डले जनाएको छ । 

 

 

 

प्रतिक्रिया