Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक हत्या आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

विवाहेत्तर सम्बन्धका कारण शिक्षकको हत्या भएको प्रहरीको दावी

बुधबार, १५ कार्तिक २०८०

बारा - शिक्षक रुपेश सर्राफको हत्यामा विवाहेत्तर सम्बन्ध कारक रहेको प्रहरीले निष्कर्ष निकालेको छ । हत्या आरोपमा पक्राउ परेका ५ जना सँगै प्रहरीले हत्याको कारण पनि सार्वजनिक गरेको हो । कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक एवं प्रिन्सिपल सर्राफको सोमबार दिउँसो करिब सवा १ बजेतिर मदरसा टोलमा गोली हानी हत्या भएको थियो । 

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरेर हत्या आरोपमा  राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर,  रियाज अन्सारी गरि ५ जना लाई सार्वजनिक गरेको छ । घटना पछि १० जनालाई नियन्त्रणमा लिए पनि हत्यामा ५ जनाको प्रत्यक्ष संलग्नता देखिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । हत्या आरोपी राधा गुप्तासँग सर्राफको विवाहेत्तर सम्बन्ध रहेको र राधाका प्रेमी भारत बिहार छौडादनवका मनोज गुप्ताकै संलग्नतामा हत्या भएको प्रहरीको दावी छ । 

सोही विद्यालयका कार्यरत राधा गुप्तासँग सरार्फको सम्बन्धका कारण गुप्ताको परिवार र प्रेमी  मनोज गुप्ताले सात महिना अघि नै राधालाई काम छोडाएको काफ्लेले बताए । यही सम्बन्धका कारण मनोज गुप्ता र सरार्फ बिच पटक पटक झगडा समेत हुँदै आएको प्रहरीले जनाएको छ । झगडालाई विद्यालयकै  शिक्षकहरूको रोहबरमा मिलापत्र गराएको पनि अनुसन्धानबाट खुलेको काफ्लेले बताए । अझै पनि राधा र रुपेश बिचको सम्बन्ध कायमै रहेको थाहा पाए पछि  मनोजले सर्राफको हत्या गराउन पुगेको अनुसन्धानबाट खुलेको काफ्ले बताए । 

प्रतिक्रिया