Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस्

बुधबार, १६ मंसिर २०७२

भक्तपुर - उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागि भएका ३३ हजार २ सय ११ मध्ये २८ हजार १ सय १ जना विद्यार्थी उत्तीर्ण भएको नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

नतिजाका लागि : http://www.hseb.edu.np/result

यो बर्ष गत बर्ष भन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । गत बर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् ।
परीक्षा गत कात्तिक २१ गते भएको थियो ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते

प्रतिक्रिया