Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षकसँगको सहमती कार्यान्वयनका लागि शिक्षा मन्त्रालयद्वारा प्रकृया शुरु

निजामती सरह ग्रेड उपलब्ध गराउने र मर्यादा क्रम कायम गर्ने बारेमा अर्थ र गृह मन्त्रालयलाई पत्राचार

मंगलबार, ०९ असोज २०८०

 काठमाडौ - विद्यालयको पठनपाठन नै अवरुद्ध गरी आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग भएको सहमती कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले प्रकृया शुरु गरेको छ । निजामती सरह ग्रेड उपलब्ध गराउने र मर्यादा क्रम कायम गर्ने बारेमा क्रमशः अर्थ र गृहलाई शिक्षा मन्त्रालयले पत्राचार गरेको हो । 

अर्थ मन्त्रालयलाई गरिएको पत्राचारमा गत असोज ५ गते भएको उक्त सम्झौताको बुँदा नम्बर ३ घ मा उल्लेख ग्रेडको विषय उल्लेख छ । ग्रेड समायोजनको उक्त विषयलाई निजामती सरह कायम गर्न शिक्षा मन्त्री अशोक कुमार राईले गरेको निर्णय अर्थ मन्त्रालयलाई पठाईएको हो । 

शिक्षकसँग भएको सम्झौतामा शिक्षकले पाउने ग्रेड समायोजन सम्बन्धि विषय सो उल्लेख भएको स्मरण गराउँदै शिक्षाले अर्थ मन्त्रालयलाई पत्र लेखेको हो । सो विषय कार्यान्वयनका लागि विद्यालय तहमा अध्यापन गर्ने शिक्षकलाई समान तहको निजामती कर्मचारी सरह अधिकतम संख्यामा ग्रेड उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको पत्रमा उल्लेख छ । 

यसैगरी शिक्षकसँगको सम्झौताको बुँदा नम्बर १ मा उल्लेख मर्यादा क्रम कायम गर्ने बारेमा भएको मन्त्री स्तरीय निर्णय अनुसार आवश्यक व्यवस्था गर्न शिक्षाले गृह मन्त्रालयलाई अनुरोध गर्दै पत्र लेखेको छ ।  

यो पनि पढ्नुहोस्: सडकका शिक्षक र सम्बन्धितले दिनु पर्ने केही उत्तर

प्रतिक्रिया