Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षक महासंघ र सरकार बिचको सहमती प्रति राहत शिक्षकको विमती

आन्दोलन निरन्तर राख्ने

शुक्रबार, ०५ असोज २०८०

काठमाडौ - शिक्षक महासंघ र सरकार बिच भएको सहमती प्रति राहत शिक्षकहरुले विमती जनाएका छन् । आन्तकि र खुल्लामा ७५ र २५ प्रतिशत हुने सहमती भए पछि राहत शिक्षक केन्द्रिय समितिले सहमतीमा विमती जनाएको हो । 
समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमतिले आफूहरुको माग नसमेटेको भन्दै आक्रोश ब्यक्त गरे । यो महासंघका प्रतिनिधि र सरकारबीच भएको सहमती हो हामीसँग हैन उनले भने । 

४५ हजार राहत शिक्षकहरू विस्थापित नहुने गरि ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनको दावी छ । आफूहरूका मागमा चासो नराखेका कारण अब शिक्षक महासंघबाट बाहिर निस्केर आन्दोलन निरन्तर राख्ने उनको भनाई छ । 

प्रतिक्रिया