Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

एसईई पुरकको नतिजा सार्वजनिक

६६.९७ प्रतिशतको ग्रेडबृद्धि

विहीबार, ०४ असोज २०८०

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले साउन २६ र २७ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी एक लाख १३ हजार तीन सय १३ परीक्षार्थी मध्ये ७५ हजार आठ सय ९७ जनाको ग्रेडबृद्धि भएको बोर्डले जनाएको छ । यो ६६.९७ प्रतिशत हो । 

बिहीबार सार्वजनिक नतिजाको ग्रेडमा चित्त नबुझे परीक्षार्थीले १५ दिन भित्रमा पुनर्योग गर्न निवेदन दिन सक्ने छन् । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइ वा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० मा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले संरचना बदलेर कक्षा १२ लाई विद्यालयको अन्तिम कक्षा हुने व्यवस्था गरे पनि बोर्डले साविकको एसएसलसीकै शैलीका उक्त परीक्षा सञ्चालन गर्दै आएको छ । अहिले सदनमा दर्ता भएको शिक्षा विधेयकले भने कक्षा १० को परीक्षा विद्यालयले नै लिन सक्ने प्रवन्ध गरेको छ । उक्त विधेयकको विरुद्ध सामुदायिक विद्यालयका शिक्षक आन्दोलित भएका ऐन आउने नआउने अझै स्पष्ट भईसकेको छैन । यदी यो आन्दोलनका कारण ऐन आएन भने यो परीक्षा साविककै शैलीमा निरन्तर हुने छ ।   

प्रतिक्रिया