Edukhabar
सोमबार, १० मंसिर २०८१
गतिविधि

नियमित पठन पाठन गर्न शिक्षकलाई निर्देशन

शिक्षकका कतिप माग प्रति स्थानीय सरकारका नाताले संवेदनशील रहे पनि विद्यालय बन्द र सिकाइ अवरुद्ध गर्दा पढ्न पाउने अधिकार हनन् भएको उल्लेख

विहीबार, ०४ असोज २०८०

पोखरा - विद्यालय बन्द गरेरै आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई पोखरा महानगरपालिकाले नियमित पठन पाठन गर्न शिक्षकलाई निर्देशन दिएको छ । बुधबार देखि काठमाडौ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बालबालिकालाई बञ्चित नगर्न महानगरले निर्देशन दिएको हो । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै मेयर धनराज आचार्यले शिक्षकका कतिप माग प्रति स्थानीय सरकारका नाताले संवेदनशील रहे पनि विद्यालय बन्द र बालबालिकाको सिकाइ अवरुद्ध हुने गरी आन्दोलन गर्दा बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन् भएको उल्लेख गरेको छ । 

'विद्यालय शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसा तगर्दै विद्यार्थीलाई विना अवरोध पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न तथा विद्यालयहरुमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका कृयाकलापहरु पुर्ववत रुपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ' विज्ञप्तिमा भनिएको छ । 

यस अघि काठमाडौ महानगरपालिकाले बुधबार नै विद्यालय बन्द गर्ने शिक्षकलाई कारवाही गर्ने जनाईसकेको छ । 

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही

प्रतिक्रिया