Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही

आफ्ना माग पुरा गर्न बालबालिकालाई पठनपाठनबाट वञ्चित गर्नु क्षम्य नहुने भन्दै शिक्षकको नैतिकता र आचरणको स्मरण गर्न आग्रह

बुधबार, ०३ असोज २०८०

काठमाडौ - विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा काठमाडौं महानगरपालिकाले शिक्षकलाई कारवाही गर्ने भएको छ ।  शिक्षा विधेयकको विरुद्ध विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा उत्रिएकै दिन महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक सूचना जारी गर्दै आफ्ना माग पुरा गर्ने नाममा शिक्षकहरुका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु युक्तिसँगत र क्षम्य नहुने स्मरण गराएका छन् । 

'सामुहिक सौदावाजीको माग राख्ने र पुरा गर्ने आफ्नै विधि र पद्धती हुन्छन्' सूचनामा भनिएको छ, 'आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट वञ्चित गर्नु कुनै पनि अर्थमा युक्तिसंगत र क्षम्य हुँदैन ।'

संविधानले गरेको व्यवस्था अनुसार स्थानीय सरकारको जिम्मेवारी किटान गरिएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक शिक्षा मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते सदनमा दर्ता गरे सँग शिक्षकहरु विद्यालय बन्दको धम्कि दिएका थिए । उक्त धम्किो चौतर्फि आलोचना भईरहेको छ । 
विद्यालय बन्दको धम्कि तत्काल रोक, ऐन निर्माण प्रकृयामा अवरोध हैन सदुपयोग गर

विद्यालय बन्द गरेमा वा बन्द गर्न वाध्य पारेमा कानून बमोजिम कारवाही हुने महानगरले सचेत गराएको छ । विदाको दिन भए पनि अभिभावक विद्यार्थी प्रति जिम्मेवार भएर महानगरले उक्त सूचना जारी गरेको कोइरालाले बताए ।

'शिक्षा भन्ने वित्तिकै पठनपाठन मुख्य पक्ष हो यसमा महानगर कुनै सम्झौता गर्दैन' उनले भने ।

ktm
 

 

प्रतिक्रिया