Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षकले मागे शिक्षा मन्त्रीको राजिनामा, शिक्षक र प्रहरी बिच धकेलाधकेल

ट्राफिक व्यवस्थापन अस्तव्यस्त

बुधबार, ०३ असोज २०८०

काठमाडौ - संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरुद्ध काठमाडौ केन्द्रित प्रदर्शन गरेका शिक्षकहरुले शिक्षा मन्त्रीको राजिनामा मागेका छन् । प्रदर्शनमा सहभागी शिक्षकहरुले नारा लगाएका छन् शिक्षा मन्त्री राजिनाम दे ! 

विधेयकमा समावेश विषयले आफूहरुको ट्रेड यूनियन अधिकारको समेत हनन गरेकोले यस्तो विधेयक दर्ता गर्ने मन्त्रीले राजिनामा दिनु पर्ने उनीहरुको तर्क छ । शिक्षा मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सदनमा दर्ता गरेका थिए । विधेयक दर्ता हुनु अघि नै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघको व्यानरमा काठमाडौ केन्द्रित आन्दोलन शुरु भएको हो । 

आन्दोलनमा शिक्षक र प्रहरी बिच सामान्य धकेलाधकेल शुरु भएको छ , शिक्षकको प्रर्दशनका कारण काठमाडौको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  भएको छ ।

शहरको मुख्य बाटोमा शिक्षकहरुले कब्जा जमाए पछि सहायक बाटो रोज्नेहरु पनि चर्को घाममा जाममा फसिरहेका छन् । एम्बुलेन्सलाई प्रहरीले बाटो खुलाएर आवतजावत गराए पनि सहज तरिकाले पास हुन सकिरहेका छैनन् ।  
 

प्रतिक्रिया