Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षामन्त्रीले जिम्मेवारी लिन नसक्दा आन्दोलनको केन्द्र

साझा अवधारणा निर्माण नभएका कारण यस्ता अवस्था सृजना

विहीबार, २१ भदौ २०८०

काठमाडौ - विश्वविद्यालयहरुमा जारी तालाबन्दीले शैक्षिक एवं प्राज्ञिक क्षेत्रमा पारेको प्रभावबारे शिक्षामन्त्रीले जिम्मेवारी लिनु पर्ने संसदमा आवाज उठेको छ । बिहीबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमालेकी सांसद विद्या भट्टराईले विश्वविद्यालयहरुमा जारी तालाबन्दी खुलाउने बारेमा सरकार जिम्मेवार नदेखिएको आरोप लगाईन् ।

नेपाल संस्कृत विश्वविद्यालय र सुदुर पश्चिम विश्वविद्यालयमा लामो समय देखि जारी तालाबन्दीको घटनालाई दृष्टान्त दिदैं उनले तालाबन्दी संस्कृतीले आम विद्यार्थी निराश भएको तर यो कुरामा सरकार जिम्मेवार नदेखिएको आरोप लगाईन् ।

'विश्वविद्यालयहरुमा भईरहेको तालाबन्दीको जिम्मेवारी शिक्षा मन्त्रीले लिन नसकेका कारण आज प्राज्ञिक क्षेत्र आन्दोलनको केन्द्र बनेको छ' उनले भनिन् 'प्राज्ञिक वातावरण निर्माण गर्न कुलपति, सहकुलपति, उपकुलपति बिच साझा अवधारणा निर्माण नभएका कारण आज विश्वविद्यालयहरुमा यस्ता खालका अवस्थाहरु सृजना भएका छन् ।'

तालाबन्दी संस्कृती अन्त्य गरी विश्वविद्यालयहरुको प्राज्ञिक संस्कृतीको लागि दलहरु प्रतिवद्ध हुन नसकेको र सरकार सम्बद्ध दल आवद्ध विद्यार्थी संगठनहरुले नै तालाबन्दी गरेको प्रति उनले असन्तुष्टि जनाईन् । 

'प्रधानमन्त्री विश्वविद्यालयको दीक्षान्त समारोहमा कुलपतिको हैसियतले बोलेको अभिव्यक्ति प्रति प्रतिवद्ध नहुँदा यस्ता व्यवहार स्थापित हुँदै गईरहेका छन्' उनले भनिन् । 

प्रतिक्रिया