Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

आकस्मिक रुपमा विद्यालय बन्द !

देशको गौरव संग जोडिएको प्रतियोगिता भएकाले आज एक दिन दिउँसो देखि विदा दिने निर्णय गरिएको तर्क

बुधबार, १३ भदौ २०८०

जनकपुर - एसिया कप अन्र्तगत नेपाल र पाकिस्तानबीच हुने खेल हेर्न भन्दै जनकपुरधाम उपमहानगर पालिकाले शैक्षिक संस्थामा आकस्मिक विदा दिएको छ । बुधबार दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई विदा दिएको प्रवक्ता परमेश्वर कुमार झाले एडुखबरलाई बताए । 

'विद्यार्थीको खेल प्रतिको रुची र देशको गौरव संग जोडिएको प्रतियोगिता भएकाले आज एक दिन दिउँसो २ बजेदेखि विदा दिने निर्णय गरिएको हो' उनले भने ।  

१६ औँ संस्करणको एसिया कप बुधबार देखि पाकिस्तानको मुल्तानमा सुरु हुँदै छ । प्रतियोगिताको दिउँसो तीन बजे हुने उद्घाटन खेलमा नेपालले आयोजक पाकिस्तानसँग भिड्दै छ । 

विश्व क्रिकेटकै चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानले सहभागिता जनाउने भएका कारण एसिया कप चर्चित अन्तर्राष्ट्रिय प्रतियोगितामा पर्छ । यो प्रतियोगिता दुईपटक टी–२० फर्म्याटमा भएको थियो । यस बाहेक अन्य संस्करण ५० ओभरको फर्म्याटमा सञ्चालन भएको थियो ।

सन् १९८४ मा युएईमा पहिलोपटक प्रतियोगिता भएको थियो । पहिलो संस्करणमा तीन राष्ट्रले मात्र भाग लिएका थिए । सन् २००४ मा एसिसीले एसिया कपमा ६ राष्ट्र समावेश गरेको थियो । सन् २०१४ मा एसिया कपमा पाँच राष्ट्र मात्र समावेश भए । सन् २०१८ देखि प्रतियोगितामा ६ राष्ट्रले भाग लिइरहेका छन् । प्रतियोतिगामा सबैभन्दा सफल भारत र श्रीलंका हुन् । 

प्रतिक्रिया