Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

दुई दिनका लागि विद्यालय बन्द

हिउँदे बिदाबाट कट्टा हुने

बुधबार, ३१ साउन २०८०

भक्तपुर - सूर्यविनायक नगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने भएको छ । बालबालिकाहरुमा विगत केहि दिनयता आँखा पाक्ने रोग देखापरी पठनपाठनमा असहज भएकोले विद्यालय बन्द गरिने भएको हो । आँखा पाक्ने रोगको महामारीको चेन ब्रेकका लागि दिइएको बिदा हिउँदे विदाबाट कट्टा हुने समेत नगरपालिकाले जनाएको छ ।

बिहीबार र शुक्रबार विदा दिने र २ गते शनिबार परेकाले लगातार तीन दिन सम्म विदा हुने छन् । पालिका मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरुका लागि बिदा दिने नगर शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखाका उपसचिव रत्न बहादुर कटुवालले बताए ।

प्रतिक्रिया