Edukhabar
शनिबार, ०५ असोज २०८१
गतिविधि

थप कक्षा सञ्चालन गरेर पठनपाठनको क्षती पूर्ति गर्नु पर्ने

विद्यालय सञ्चालनमा समस्या हुने अवस्था आएमा विभागमा विवरण पठाउनु पर्ने

बुधबार, ३१ साउन २०८०

काठमाडौ - आँखा पाक्ने रोगबाट विद्यालय आउन नसकेका विद्यार्थीको पठनपाठनमा भएको क्षती पछि थप कक्षा सञ्चालन गरेर पूर्ति गर्न काठमाडौ महानगरपालिकाले सबै विद्यालयलाई परिपत्र गरेको छ । 

'विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको भन्ने विषयमा विभिन्न सरोकारवालाहरुबाट जानकारी प्राप्त भएको छ' महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले पठाएको परिपत्रमा भनिएको छ, 'यो सरुवा रोग भएकाले विद्यालयले रोकथामका लागि सरसफाईमा ध्यान दिने, आँखा पाकेका विद्यार्थीलाई घरमा आराम गर्न लगाउने र पठनपाठन छुटेका विद्यार्थीका लागि पछि थप कक्षाको व्यवस्था गर्नुहुन अनुरोध छ ।' 

उक्त रोगका कारण विद्यालय सञ्चालनमा समस्या हुने अवस्था सिर्जना भएमा के कति विद्यार्थीलाई असर गरेको छ सोको विवरण विभागमा पठाउन पनि उक्त परिपत्रमा भनिएको छ । 

प्रतिक्रिया