Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १२ को नतिजामा ननग्रेड विद्यार्थीका लागि असोजमा ग्रेडवृद्धि परीक्षा

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड

मंगलबार, ३० साउन २०८०

भक्तपुर - मंगलबार सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि आगामी असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा हुने भएको छ । 

नतिजामा दुई विषयसम्म नन ग्रेड ल्याएका विद्यार्थीले उक्त परीक्षामा भाग लिन पाउने छन् । यस पटकको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ । 

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था छ । 

मंगलबार सार्वजनिक नतिजाको खबर पढ्नुहोस् :

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत मात्र ग्रेडेड

प्रतिक्रिया